बैदेशिक रोजगारीबाट फर्केकाहरुको सङठन रिटर्नी सेन्टर नेपाल चितवन जिल्लाको प्रथम भेलाले निमकान्त पाण्डेको संयोजकत्वमा भदौ १ गते कृष्णपुर जिल्ला पार्टि कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको भेलामा उत्पादन तथा श्रमसित जोड्ने उदेश्यले भर्खर स्थापना भएको रिटर्नी सेन्टर नेपाललाई चुनौती र अवसर दुवै रहेको बताए ।
प्रमुख अतिथि भट्टराईले विदेशबाट फर्केका रिटर्नीहरुसित समन्वय गरि पार्टीको अभियानमा जोड्ने बताए ।
कार्यक्रममा बिशिष्ठ अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलले युवाहरुमा जागिरे भन्दा उद्यमी मानसिकताको विकास गराउनु पर्ने बताए।

रिटर्नी सेन्टर नेपालले विदेशबाट फर्केका रिटर्नीहरुको आर्थिक समृद्धिका लागि विभिन्न खालका उद्यमशीलता तालिमहरु सञ्चालन गर्दै
रिटर्नी सेन्टरलाई राजनैतिक जनसंगठन भन्दा पनि सृजनशील रुपमा अघि बढाउनु पर्ने पौडेलको भनाइ थियो। पौडेलले भने ( रिटर्नीहरुले प्राप्त गरेको श्रम,सीप र पुजीलाई बहुआयामिक महत्वका रुपमा समाज र राज्यले बुझ्नु पर्दछ।
कार्यक्रममा बिशिष्ठ अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज अस्मित सिंह, केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहाल, निशा न्यौपाने, जिल्ला संयोजक रामचन्द्र अधिकार, पार्टी सचिब द्रोणबाबु शिवाकोटी, महानगर अध्यक्ष इश्वर सापकोटाुसुमनु बागमती प्रदेशका सचिवालय प्रेम भुजेल तथा अन्य अतिथिहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
भेलाका संयोजक निमकान्त पाण्डेले रिटर्नी सेन्टर नेपालको उदेश्य अनुसार रिटर्नीहरुलाई ब्यावसायी तथा सीप बिकास तालीमबाट उद्यमी बन्न प्रेरित गर्दै सङ्गठनलाई चितवनमा तिब्ररुपमा बिस्तार गर्ने बताए । करिब २०० जना उपस्थिति रहेको भेलाका सभापति रिटर्नी सेन्टर चितवन जिल्लाका इन्चार्ज कविराज कंडेलले व्यस्त समयका वाबजुदमा पनि भेलामा उपस्थित हुनु भएका सम्पूर्णलाई धन्यबाद दिंदै रिटर्नी सेन्टर नेपालको उदेश्य अनुसार उत्पादनमा जोड दिंदै चितवन जिल्ला भरी संगठन बिस्तार गर्ने अभियानमा लाग्ने बताए ।
कार्यक्रममा सर्वसहमतीमा निम्न ब्यक्तिहरु चुनिएका थिए ।
भरतपुर महानगरपालिकामा – इन्द्रप्रसाद न्यौपाने, दिललाल काफ्ले, दिपक परियार,फड़ी माया अधिकारी, शिवहरी रेग्मी, दिलिप कुमार सार्की
रत्ननगर नगरपालिका – सन्तोष घिमिरे,रमेश खनाल
खैरहनी नगरपालिका – अर्जुन पाण्डे
कालिका नगरपालिका – देबी माया अमगाई ,केशर रेउलो
राप्ति नगरपालिका – कृष्ण प्रसाद न्यौपाने
माडी नगरपालिका – चित्र बहादुर बिक , भुमा देबी बिक
प्रदेश सदस्यहरु – दिपक गौतम ,सन्तोष घिमिरे,धर्म खनाल





















