चितवन – गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो ) हरूको सरूवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सप्तरीका सिडियो भूपेन्द्र थापालाई चितवनको सिडियो मा सरूवा गरिएको छ । त्यस्तै चितवनका सिडियो सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सिडियो किरण थापालाई सप्तरीको सिडियो बनाएको छ ।
उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको सिडियो बनाइएको छ ।





















