काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । केहीबेर आगाडी बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशन गरेको हो।
वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा सुरु भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख भन्दाबढी विद्यार्थी सहभागी भएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
१६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।





















