चितवन – नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महत्वपुर्ण घटक क्युपेक नेपाल चितवनले माडीनगर कमिटी बिस्तार गरेको छ।
विभिन्न क्षेत्रका मजदुरहरुको उत्साहजनक भेलाले सोभाखर अधिकारी ज्युको अध्यक्षतामा ११ सदस्यीय माडीनगर कमिटी गठन कार्यक्रम सम्पन्न भएको थियो ।
क्युपेक चितवन जिल्ला कमिटीका अध्यक्ष गोबिन्द खनालको को सभापतीत्वमा सम्पन्न भएको उक्त कार्यक्रम मा जिफन्ट बाग्मती प्रदेशका अध्यक्ष रामहरी नेपालको प्रमुख आतिथ्यतामा रहेको थियो।
अध्यक्ष रामहरीको विशेष प्रशिक्षण सहितको शुभकामना मन्तब्यमा सामाजीक सुरक्षा ,मजदुर पन्जीकरणमा स्थानीय तहको भुमिका सहितको समग्र मजदुका हक , हित रअधिकारका बारेमा केन्द्रीय नेतृत्वले सधैं अबिभावकको भुमिका निभाउने प्रतिबद्दता ब्यक्त गर्नुभयो।
जिफन्ट बाग्मती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल विशेष अतिथी रहि शुभकामना मन्तव्य ,ट्रेड युनियन र विधान सम्वन्धी जानकारी दिनुभएको थियो।

क्रार्यक्रमलाई क्युपेक चितवनका सचिव शिव चापागाईंले संचालन गर्नुभएको थियो भने जिल्ला कार्यसमिति सदस्य प्रदिप सोडारीले स्वागत मन्तव्य राख्नुभएको थियो।
सो अवसरमा कोषाध्यक्ष सीता कार्की, नव गठित कमिटीका अध्यक्ष , नव गठीत कमिटीका सल्लाहकार सुर्यकान्त खनाल ज्यु तथा नावुन चितवनका सचिव ईन्दिरा पन्त लगायतका मजदुरकर्मी हरु को सहभागीता रहेको थियो।

माडी नगरपलाीका को ९ वटै वडा बाट प्रतिनिधीत्व रहेको खाजा सहितको उक्त कार्यक्रममा जानकी केवल ईन्डस्ट्रीजको तर्फबाट सहभागीहरुलाई हाते
औजार राख्ने झोला बितरण र्भएको थियो।
जिल्ला अध्यक्ष खनालले सधैं मजदुर जागरण र एकीकरणमा क्युपेक नेपाल चितवनले लागिरहने बताउनुभयो ।





















