चितवन – लायन्स क्लव अफ चितवन गोल्डेन र लायन्स क्लव अफ भरतपुर फ्रेन्ड्स को सयुक्त आयोजनामा भरतपुर महानगरपालिका ११ स्थित कमलादेवी मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विभिन्न जातका १२० भन्दा बढी विरुवा रोपिएको छ । ‘वातावरण संरक्षणका निम्ति रुख रोपौ’ भन्ने अभियान अनुसार वृक्षारोपण गरिएको दुवै क्लवका अध्यक्षहरुले जानकारी दिए ।

लायन्स क्लव अफ चितवन गोल्डेनका अध्यक्ष लायन रमेश पौडेल र लायन्स क्लव अफ भरतपुर फ्रेन्ड्सका अध्यक्ष लायन अनुप लुईटेल दुवैको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा MJF लायन्स राजेन्द्र गौतम , विशिष्ठ अतिथिमा कमलादेवी मन्दिर आरोग्य केन्द्रका उपाध्यक्ष श्रीधर लामिछाने , मान बहादुर गुरुङ्ग , लायन कमल प्रसाद श्रेष्ठ ,अतिथिहरुमा कमलादेवी मन्दिर टोल विकास संस्थाका अध्यक्ष नबिन बाबु मरहट्टा , लायन पूर्ण प्रसाद शर्मा , लायन भक्ति चालिसे , लायन राजु पौडेल , जोन चेयर पर्सन लायन जितेन्द्र कुमार श्रेष्ठ लगायतका रहनु भएको थियो ।
लायन डा. अनुप लुईटेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा मन्दिरका उपाध्यक्ष श्रीधर लामिछाने , लायन राजेन्द्र गौतम लगायतले मन्तव्य राखेका थिए ।

दुवै क्लवको संयोजकत्व र चितवन गोल्डेन क्लबका सचिव लायन विष्णु ढकालको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि MJF लायन राजेन्द्र गौतम ज्यूले क्लबले गरेको यस किसिमको कार्यक्रमले वातावरणिय स्वच्छतालाई कायम राख्न उल्लेखनिय भूमिका खेल्ने बताउनुभएको थियो ।

दुवै क्लवको उल्लेखनिय सहभागिता रहेको कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि श्रीधर लामिछाने ज्यूले रोपिएका विरुवाको उचित संरक्षण गरिने प्रतिबद्धता व्यक्त गर्दै क्लबलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
District chief लायन राजु पौडेलका अनुसार कार्यक्रममा मसला , म्याङ्गोस्टीक , पारिजान ,अम्बा , धुपी ,कल्की , फुलहरु , समी, रिट्ठा, कल्की, शिरीष लगायतका विभिन्न जातका १२० भन्दा बढी विरुवाहरु रोपिएको थियो । पौडेलले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताएका छन् ।
वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले लायन्स क्लवले विश्व भरिनै वृक्षरोपण गर्ने अभियान संचालन गरिएको लायन्स क्लव अफ भरतपुर फ्रेन्ड्सका अध्यक्ष लायन अनुप लुईटेलले बताए ।

























