गोरखा नगरपालिकाको पर्यटन विकासका निम्ति र पर्यटन सम्बन्धी पुर्वाधारहरु निर्माण भइरहेकाले गोरखा नगरपालिका छनौटमा पर्न सफल भएको उनले बताए ।
नेपालमा अन्य स्थानीय तहसहित गोरखा नगरपालिका पनि छनौट भएको नगरपालिका आइटी अफिसर सुयोग खनालले बताए ।
अवार्डका लागि छनौट भएका स्थानीय तहहरुमध्य उत्कृष्ट भएका स्थानीयले तहले उक्त पुरस्कार पाउने उनको भनाइ छ । शुक्रबार मात्र पत्र आएकाले त्यसको बारेमा अझ बुझन बाँकी रहेको उनले बताए ।
देशभरिबाट उत्कृष्टमा छनौट भएका स्थानीय तहले स्विजरल्याण्डमा नोभेम्बर ३ देखि ५ सम्म स्विस टुरिजम अवार्ड प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।






















