चितवन – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुटुका विरामी आशु कवि नेत्रप्रसाद पाठकलाई अस्पतालमै गएर भेट गर्नुभएको छ ।
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) विगत एक सातादेखि उपचारत प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठकका बुबा समेत रहेका मुटुका विरामी आशु कवि नेत्रप्रसाद पाठकलाई भेट गरि स्वास्थ्य उपचार बारेमा जानकारी लिनुभएको थियो ।

अस्पतालका मुटु रोग विशेषज्ञ डा.मनोज श्रेष्ठ विरामी पाठकका बारेमा जानकारी गराएका थिए । २०७१ साल असार ८ गते चितवन मेडिकल कलेजमा बाईपास सर्जरी भएको थियो । तर पनि एक्कासी ९ बर्ष पछि मुटुमा फेरि समस्या आएपछि उहाँलाई पुरानो मेडिकल कलेजमा राखि उपचार भईरहेको छ ।
२००४ सालमा स्याङजा जिल्ला पेलाकोट गाँउपालिका चोक जन्मिनुभएका कवि पाठक २०२४ सालदेखि चितवनको माडी नगरपालिका वडा नं. ५ रमाईलो डाडामा बसोवास गर्दै आउनुभएको छ । कम्यूनिष्ट आन्दोलन मा आफ्ना छोरोहरुलाई अग्रसर गराउनु भएका पाठकका ३ छोरा र एक श्रीमती हुनुहुन्छ ।























