काठमाडौँ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) माओवादी केन्द्रसँग एकताको लागि अघि बढेको छ।
अध्यक्ष भट्टराईले भने समाजवादी मोर्चामा आफूलाई नसमेटेका भन्दै माओवादीसँग एकताको पक्षमा नरहेको अभिव्यक्ति दिइरहेका छन्।
उनी अहिले संगठन विस्तारमा सक्रिय भएका छन् । तर, उनको दलका अर्का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ भने कुनैपनि हालतमा माओवादीसँग एकताको पक्षमा उभिएका छन् । उनीहरुले आवश्यक परे बाबुरामको साथ छोड्ने पनि चेतावनी दिएका छन् । समाजवादी मोर्चाको परिकल्पनाकार नै बाबुराम भएको चर्चा छ ।
तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको बाबुरामसँगको व्यक्तिगत तुषका कारण बाबुरामलाई मोर्चामा नसमेटिएको अर्को चर्चा छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि बाबुरामलाई चाहँदा चाहँदैपनि मोर्चामा समेट्न नसकिएकोमा उपेन्द्रको हात रहेको स्विकारेका छन् ।
अहिले माओवादी र नेसपाबीचको एकता प्रक्रिया अवरुद्ध भएको छ । यसमा बाबुरामले नै मन नबनाएको चर्चा छ । खासगरी उनले प्रचण्डले आफूलाई धोका दिएको निश्कर्ष निकालेका छन् ।
अहिले उनी आफ्नो पार्टीको संगठन निर्माणमा जुटेका छन् । तर, उनलाई सुरुदेखि नै साथ दिँदै आएका नेताहरु नै अहिले माओवादीसँग एकताको लागि एक कदम अघि बढिसकेका छन् ।
उनीहरुले सबै माओवादीहरु गोलबन्द हुने बेलामा एकताबाट भाग्न नहुने धारणा बनाएका छन् । अहिले बाग्मती प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठ नै माओवादीसँग एकताको पक्षमा दृढ भएर उभिएका छन् ।
यस्तै, अध्यक्ष महिन्द्र राय यादव पनि एकताको पक्षमा छन् । उनी अहिले प्रचण्ड नेतृत्वको क्याविनेटमा खानेपानी मन्त्री छन् । रिपोर्टस क्लव





















