जीवन पनि प्रकृतिको वरदान हो । जीवनको जन्म र अन्त पनि प्रकृतिकै नियम अनुसार हुन्छ । तर पनि भौतिक संसारको नाममा हामी मानवले प्रकृतिलाई चुनौति दिई रहेका छौं तरप्रकृति प्रद्धत्त उपहारहरुमा मात्र वैज्ञानिक युगको नाममा चुनौति भएको हो । क्षणिक आत्मनिर्भरको आविस्कार पनि प्रकृतिलाई नै साथ लिएर भएका छन् ।
हाम्रा अग्रीम पुस्ताले पढ्ने वेदमा उल्लेख भएका कुराहरुलाई नै आजको २१ औं शताव्दिको वैज्ञानिक युगले चुनौति गरेको हो तर पनि हामी मानवले विज्ञानको चुनौति पनि प्रकृतीकै रोहवरमा गरेका हौं अनि अन्यत्र भएको होईन भन्ने विषयमा ढुक्क हुनै पर्दछ ।
किनभने सौर्य किरणवाट सौर्यको किरण खिचेर वा प्रकृतिकोनदिलाई हाईड्रोपावरमा वदलेर अध्यारोलाई उज्यालो दिनको कल्पना गरिन्छ तर पनि यो सीमित समयको लागि केन्द्रित स्थानमा मात्र हुन सक्छ । त्यसैले हामी नेपाली भू सगोल र नेपाली भूमीको सही सदुपयोगको विषमा केन्द्रित किन हुन सकेनौ ? यो पनि प्रकृति कै एक अंश हो ।यही नेपाली भूमीको अंशमा रहेका हामी नेपालीहरु नेपाल र नेपाली माटोको सही प्रयोगतथा पहिचान नगरी किन वैदेशीक अध्ययन तथा रोजगारीकै लागि पैसाको सपना देखी वगीरहेका छौ ।
सरकार पनि सक्षम युवापुस्तालाई विदेश धपायर सत्ता र भत्ताको हालीमुहाली गर्न किन प्रतिस्प्रधा गरिरहेका छन् ? हाम्रो नेपाली भूभागलाई किन वाँजो वनाएर मिल्काई विदेशीको भूमीमा जस्तो सुकै धन्दा, काम गर्न राजी भई दलालीको चक्करमा परि परिवार तथा देशलाई वर्वाद पारीरहेका छौं ७ तिस अध्ययन तथा रोजगारीको वाहाना विदेसीय पनि नेपाली भूमी जहाँ जता वसेर पनिसदुपयोग किन गर्दैनौं ? हामी अधिकांश नेपालीका पुर्खैली स्थान वा जन्म स्थान भनेको हिमाल, पहाड र तराई नै हो । तर पनि हामी हाम्रा जन्मथलो वा पुर्खाको थलोहरुलाई अपमान गरी शहर वजारमा केन्द्रित भएका छौ. वा यस्ता पुर्खाका माटोको सदुपयोग नगरि मुल्गान फसेका छौं ।
हामी हाम्रो लागि नगरेर किन अर्काको लागि गर्न र मर्न राजी भएका छौ । नेपालका शिक्षित वेरोजगार तथा शिप कला नभएका व्यक्तिहरु विदेशी कमाईको सपना वोकी किन विदेश पलाएन भएका छन् । विदेश पलाएन हुनु भन्दा अगाडि किन आफ्नो जन्म स्थान र पुर्खाको विषयमासोच्न सक्दैनन् । लौ न हामी नेपालीहरु विदेशमा पैसाको रुख सिधै टिप्न पाईन्न वरु नेपाली माटोमा पैसाको वोट रोपौंन । यसले कालान्तार सम्म प्रकृतिको काखमा रम्न र रमाउन पाईन्छ । नेपाली माटोको सदुपयोग गरी विदेशी वजारमा जाऔंन वा जता भए पनि मन, मुटु, नेपाली माटोलाई सदुपयोग गर्न पनि खर्च गरौं न ।
नेपालले लोकल कागती वर्षेनी ४ अरव जतिको विदेशवाट खरिद गर्छ । वाँस १६ प्रकारको हुन्छ र तरकारी खाने वाँसको तामा मात्रै वार्षीक ४ अरव जतिको खरिद गर्छ । माछा तथा मासु २० अरवभन्दा वढिको खरिद गर्छ ।
दुध १५ अरव जतिको खरिद गर्छ । सुन्तला, ज्यामिर , निवुवा, वेलौती, केरा, टिमुर, सलिटिमुर, चाक्सी, चिउरी, भूंई कटहर, रुख कटहर, अनार, अम्रीसो , वावियो , वांस लगाएतका वोटविरुवाहरु तर्फ हामी किन आकर्षीत नहुने ? हाम्रा पिता पुर्खाले आर्जेको स्थानमा स्थान विशेषको उचित स्थानमा रोप्न र हुकाई आम्दानी लिन तर्फ किन केन्द्रित हुदैनौं ? दुर्गम स्थानमा जीवन पाएकाहरुले शहरी जीवन मा तथा शहरी जीवन पाएकाहरु अन्तराष्ट्रिय जीवनमा किन लिन हुन प्रतिष्प्रधा गर्दैछन् ?
लसुन, प्याज, अदुवा, वेसार, तरुल, सखरखण्डा, पिडालु जस्ता स्थान विशेषमा हुने नियमित आम्दानीको श्रोत्र वनाउन हाम्रो मन किन जादैन ?जल, जमिन र जंगललाई खनिज उत्खनन र जढिवुटीमा सरकारी वा नीजि क्षेत्रले किन सदुपयोग गर्न तर्फ सोच्दैनन् ?उमेर छदाँ शहर वजारमा अर्कैको काम गर्ने अनि वृद्ध तथा वृद्धा समयको पालन पोषणको जगेडा खोई त ? फेरी जीवनमा कहिले के हुन्छ भन्ने जानकारी कसैलाई अग्रीम हुन्छ र ?
अनि उमेर र वल छदाँ, गालामा रातो रहँदा अर्कैको लागि जीवन अर्पदा वुढौली उमेरमा आफ्नै सन्तानले त कमै हेर्छन् भने उनिहरुको देहान्तमा अति वर्वर र कु्रर पिडा भन्दा वाँकी के हुन्छ होला त ? फेरी नेपालको भय सरकार र उसका भ्रष्ट प्रशासनले सत्ता र व्यक्ति केन्द्रित नीति ल्याउछ र यिनिहरुले यसको अवसर र फाईदा पाईने प्रलोभनमा पारी कुशासन निम्न वर्गीय मानवलाई नै प्रयोग गरीरहेका हुन्छन् ।
खुट्टा तानेर काँधमा चढ्ने चातुर्यकला देखायर वा लुकायर गरि रहेको हुन्छ । यस्ता भ्रष्ट सरकारका कानून, नियम, नीति हुने खानेको हितमा प्रयोग हुन्छ र यसको कार्यान्वयन चाही हुँदा खानेहरुमा देखाएर कानूनको शासनको वाचन गरी रहन्छन् । माकुराको जालमा पर्ने कमजोर किरा जस्तै कानूनको वर्खिलापमा कमजोर नागरिक परि रहेका हुन्छन । कानूनको शाशनमा सवै नागरिकलाई समान व्यवहार हुन्छ ।
कानूनमा हुँदा खाने र हुने खाने वर्गको फरक कानून हुदैन वरु हुदाँ खाने वर्गमा नरम हुनुपर्ने मानवताका कुरा छन् तर पनि नेपाली सवैले कानूनी शासनको समान प्रयोग भएको छ भनेर कहिल्यै सुन्न पाईदैन । त्यसैले हामी आफै आत्मनिर्भर वन्न जरिवुटीमा कुरिलो, सर्पगन्धा, टिमुर, वेल, अलैचि, तेजपात, रिट्ठा , मह , लगायतका तमाम जडिवुटीहरु नेपालले गुन्दु्रकको मोलमा पठाएर सुनको मोलमा आयत हुन्छ ।
स्वास्थ्य, शिक्षाको नाममा कालोधनका मुहानहरु पनि फुटेका र फुटाईएका हुन्छन् । हामी काठ, दाउरामा पनि आत्म निर्भर छैनौं । त्यसैले शहर वजारमा हुने खानेहरुको लहलहडमा लागेर खान नपाई ग्याष्टिकको ढ्याउ–ढ्याउ गरी चुत्थो ज्याला मजदुरीमा जीवन गुजार्नु भन्दा त आत्मसम्मानको साथ आफ्ना पिता पुर्खाको रेखो पाखोमा जीवनलाई सदुपयोग गर्नु राम्रो कुरा होईन र ? शहरमै वस्नु भए पनि आफ्नो जन्मभूमीलाई किन वाँझो वनाउनु हुन्छ ? यसमा ठाउँ अनुसारको आम्दानी मूलक वोट विरुवा लगाई वेलावेलामा रेखदेख गर्ने गर्दा जीवन पनि सुन्दर होला नी हुन्न र ?
सवैको शहर वजारमा घर नहुन सक्छ तर शहर वजारको समान आम्दानी हाम्रो भिर पखेरा र तराईवाट पनि लिन सकिन्छ की भनि सोच्दा नराम्रो होला र ? शहर वजारमा वस्ने वाध्यता शिक्षा, स्वास्थ्य तथा रोजगारको लागि हुन पनि हुन सक्छ तर पनि केही समय निकालेर वेल, रुदाक्ष, वर, विपल, श्रीखण्ड जस्ता धार्मीक रुख पनि हामीले हाम्रा भिर पाखामा लगाउन सक्दैनौं र ? पहाडमा नगदेवालीका श्रोत वढाउन र तराईमा माछा, दुग्ध व्यवसाय, वंगुर, वाख्रापालन, कुखुरापालन लगाएतका उचित व्यवस्था गर्न हाम्रो लागि कल्याण छैन र ? फेरी परंपरागत खेतीले हाम्रो कृषि प्रदान देशका किसानहरुलाई निम्नवर्गमा समाहित गर्न आधार मिलाई दिएको छ । परंम्परागत तवरवाट खेतीपाती गर्दा जमीन वाँझो नरहने वाहेक कुनै उल्लेखनिय प्रगति देख्नु हुन्छ र ?
पहाडको भू–भागमा जमीन ओरालो–भिरालो हुने हुँदा हिउँदको मौसममा राखेको मल वर्षाको मौसममा पखालिन्छ र वाढी पहिरो तथा भलको लागि नै पोष्टिक मल प्रयोग भई रहेको हुन्छ । त्यसैले पहाडी जग्गामा वोट विरुवा रुपी नगदे वालीलाई हामीले रोज्न उचित हुन्छ । तराइका उर्जनशिल क्षेत्रमा पनि परंपरायत धान ,मकै तथा गहुं अनि मसुर खेतीवाट कुनै देखिने गरी आवश्यक पर्दा काम टार्ने अवस्थाको आम्दानीको श्रोत वन्न सकिरहेको छैन । साहु र क्रणी श्रृजना गर्ने धन्दाकोे अन्त नभई आत्मनिर्भर नागरिक निर्माण हुन सक्दैन र आत्मनिर्भर नागरिक नभई समाजमा सामाजिक र पारिवारिक न्याय पनि हुदैन ।
फेरी २०७२ सालमा आएको महा भुकम्पक र वर्षेनी वर्षा याममा आउने वाढी पहिरो तथा कोरोना जस्ता सरुवा रोगव्याधीको कारण पहाडी हिमाली तथा तराईका भागमा अपुर्णीय क्षति पुगेको छ । प्रकृतीको क्षति प्रकृतीवाटै पुरा गर्नु पर्दछ । यसको उचित उपयोग गर्नको लागि तामावाँस, कटवाँस, भाँटेवास जस्ता वाँस प्रजातीका वोट विरुवा उपयोगि हुन सक्छ । अव सामुहिक वोटविरुवाको खेती उपती गर्न आवश्यक छ ।
वसोवासका घरहरु तोकिएको स्थानमा वनाउने र अन्य स्थानहरुमा लाभदायी वोटविरुवा, जडिवुटीको खेती गर्न अति आवश्यक छ । नेपालको नदीनालामाको किनारमा नदी नालामा भएको माछा पर्ने गरि किनारामा ट्याङकी वनायर माछापालन गरि माछा व्यवसाय पनि गर्न सकिन्छ । सरकारले पनि अत्यावश्यक श्रोत साधान सवै छरिएर रहेका घर परिवारमा पढाउन सक्ने अवस्थामा छैन ।
सरकार तथा जनमानसले पनि सामुहिक रुपमा नै विकासका श्रोत तथा साधानहरुको प्रयोग गर्नु पर्दछ । यसको लागि पनि सकरात्मक सोच र अनुसन्धान गर्ने सक्ने कावील वनस्पति विज्ञ तथा जिल्ला वन कार्यालयका श्रोतशक्ति समेतका सम्वन्धित अन्य कार्यालयहरुको सर सल्लाहा, समन्वय तथा सहयोग लिएर मानव जीवनलाई प्रकृतीमैत्री वनाउन आवश्यकता तथा अनिवार्यता छ ।
प्राकृतिक मानवलाई प्रकृति अमूल्य छ । कानूनी व्यक्तिले प्रकृतिलाई तहस नहस गर्न हुदैन वरु सकरात्मक रुपमा जीवनमा उपयोग गर्नु पर्दछ ।
(लेखक हरि मैनाली अधिवक्ता तथा नोटरी पव्लिक आधिकारिक अनुवादक हुनुहुन्छ )





















