काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। हेलिकप्टर सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान काठमाडौंका लागि उडेको थियो।
सोलुखुम्बुको रिम्बो क्षेत्रबाट हेलिकप्टर सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ। हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको बुझिएको छ।






















