काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ।
कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो।
यस अघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो। स्पष्टीकरण पेस गर्न भनिएका कम्पनीमा सिरुवा कन्ट्रक्सन तीनकुने, खहरेखोला इन्टरप्राईजेज गोठाटार, पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा, लामाबुद्ध निर्माण तथा समग्री सप्लायर्स हरहरमहादेव कागेश्वरी, एक्सन बिल्डर्स प्रालि तनहुँ, नुरी कन्ट्रक्सन प्रालि बर्दिया, शिवालय बिल्डर्स हेटौँडा, अन्तरता इन्टरनेस्लन कोटेश्वर,आरडि सप्लायर्स पुतली सडक छन्।
यसैगरी नागारर्जुन शंकरमाली जेभी (नागारर्जुन कन्ट्रक्सन प्राली, शंकर माली निर्माण सेवा प्राली) कमलादी, एञ्जल निर्माण सेवा बानेश्वर, एकेएस कन्ट्रक्सन भरतपुर चितवन, कश्यप/आर्भन जेभी भरतपुर चितवन, तिइभु निर्माण सेवा रोल्पा, इसु इन्फर्मेसन सर्भिस गु्रप, तत्थ्य इन्जिनियरिङ इन्फा प्रोजेक्ट प्रालि मुम्बै, रुपन्देही बिल्डर्स एण्ड कन्ट्रक्सन प्रालि काठमाडौं तथा आर्भन कन्ट्रक्सन प्रालि छन्।





















