वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई निशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएसँगै उक्त घोषणा गरिएको हो।
यस अघि प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड निशुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट उक्त खर्च भरपाइ गरिने बताइएको छ।
सरकारले बिहीबार उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत, रेक्टारमा डा. लोचन कार्की, रजिस्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त गरेको छ।





















