कालिका । कालिका नगरपालिकाका मेयर विनोद रेग्मी र उपमेयर विमला तमाङ नेपाल स्काउटबाट दिक्षित भएका छन् । स्थानीय स्काउट कालिका नगरपालिकाले आयोजना गरेको स्थानीय स्काउट संरक्षक, प्रमुख स्काउट तथा स्थानीय तदर्थ समितिको दीक्षान्त कार्यक्रम तथा स्काउट अभिमुखिीकरण कार्यक्रममा मेयर रेग्मी र उपमेयर तमाङ दिक्षित भएका हुन् । दुवैजनालाई नेपाल स्काउटको राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दिक्षित गराएका हुन ।

कार्यक्रममा बोल्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले संसारका २ सय २२ भन्दाबढी देशहरुमा स्काउट स्थापना भएको बताए स्काउटीङ अभियानबाट औपचारिक शिक्षादिँदै सामाजिक रुपान्तरणमागर्ने जिम्मेवारी स्काउटकर्मीहरुको रहेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक भण्डारीले विद्यार्थीहरुलाई कुलत विरुद्ध लड्न सिकाउने संयन्त्रको रुपमा राज्यले स्थापित गरेको संस्थाभएकाले यसलाई नगरको विकासका लागि प्रयोग गर्न आग्रह गरे ।दिक्षित पश्चात कार्यक्रमलाई संवोधनगर्दै मेयर रेग्मीले आफुहरुमाथी जिम्मेवारी थपिएको बताए । कालिका नगरपालिका क्षेत्रका सबै विद्यालयमा स्काउट स्थापना गरेर नगरलाई स्काउटमय बनाउने प्रतिवद्धता जनाए ।

स्काउटमा लागेकाहरु अनुशासित भएर सेवा गर्ने हुँदा एकजना विद्यार्थी स्काउटमा लाग्यो भने उनको परिवार देखि गाँउघर हुदै सिँगो समुदायलाई अनुशासित हुन सिकाउनेभएकाले स्काउटप्रति उच्च सम्मान रहेको मेयर रेग्मीले बताए । बढ्दै गएको लागुऔषधको दुव्र्यसनी, बालविवाह लगायतका कुलतवाट जोगाउन समेत स्काउटले महत्वपूर्ण भूमिका खेल्ने मेयर रेग्मीको विश्वास छ । कार्यक्रममा नेपाल स्काउटका वागमती प्रदेश संयोजक शिवराम अर्याल,चतुर्मुखी माध्यमिक विद्यालयका शिक्षक संजिव पोखरेल लगायतले बोलेका थिए ।
कालिका नगरपालिकाका विभन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, विद्यार्थीहरु समेत सहभागि रहेको कार्यक्रम स्थानीय स्काउट कार्यालय कालिका नगरपालिकाका संयोजक सन्तोष लामिछानेको अध्यक्षतमा आयोजना गरिएको थियो ।





















