नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसदमा कुँदिएको नक्सामा नेपालको भूमि समेटिएको भन्दै आपत्ति जनाएका छन्।
उनले नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसदजस्तो ठाउँमा राख्ने कार्यलाई उचित मान्न नसकिने बताए। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस विषयमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा कुरा उठाउनुपर्ने बताए।
भारतले संसद भवनमा कुँदेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समेटेपछि विवादित भएको छ।
उनले विश्वव्यापी रुपमा बलियाले हेप्नु न्यायोचित छ भनेजस्तो भएको टिप्पणी गरे।





















