काठमाडौँ । सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन गरेको छ ।
सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सो जानकारी गराएका हुन् । अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन भएको छ । सरकारले आगामी आर्थिक वर्षमा ५ करोड ६० लाख डोज भ्याक्सिन उत्पादन गर्न आवश्यक रकम विनियोजन गरेको छ । नेपालमा हुने पशुपालनमा आउने महामारीबाट हुने क्षती रोक्न खोप कार्यक्रम सञ्चालन गर्ने र यसका लागि उक्त खोप उत्पादनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।
यस्तै, सरकारले कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहको संलग्नतामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ ।





















