काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेको छ । डा. प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका छन् । यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको उनले बताए ।
आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्ष ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताए ।
सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ । सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा।प्रकाशशरण महतले जानकारी दिए ।
‘आत्मनिर्भर अर्थतनत्र विकास गर्न रोजगारी, लघु उद्यम पर्वधन र पर्यटन तथा बाझो जग्गा उपयोगमा यो रकम खर्च गरिने छ’, मन्त्री महतको घोषणा छ ।





















