भरतपुर – भरतपुर महानगरपालिका १२ मा जारी अन्तर टोल स्तरीय फुटबलमा आज (शनिबार) दुई खेल सम्पन्न भएका छन् ।
शनिबार सम्पन्न पहिलो खेलमा आस्था टोलले गैरीबारी टोललाई पराजित गर्यो । आस्थाले गैरीबारीलाई २-० ले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको हो । उसको जितमा दिवस सुनार र दिनेश मगरके गोल गरे । आस्थाक सेजल श्रेष्ठ म्यान अफ दि म्याच भए ।
यस्तै सम्पन्न दोस्रो खेलमा सिर्जनशील टोलले शुभलक्ष्मी टोललाई फराकिलो अन्तरले पाखा लगायो । गोलको वर्षा भएको खेलमा सिर्जनशील ७-० ले विजयी भयो । सिर्जनशीलका लागि ह्याट्रिक गरेका सुनिल केसी म्यान अफ दि म्याच भए ।
जिल्ला प्रशासन एकता टोल र हाम्रो चोक टोलबीचको तेस्रो खेल भने भारी वर्षामा कारण स्थगित भएको आयोजक वडा खेलकुद बिकास समिति भरतपुर १२ का उपाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । यो खेल आज (आइतबार) हुनेछ ।





















