हेटौंडा / बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले घुस लिएको भन्दै चार जना प्रहरीलाई निलम्बन गरेको छ ।आफ्नो काम भन्दा पैसाको मात्र ध्यान दिने चार प्रहरी कर्मचारीलाई निलम्बन गरिएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई दुई दिनअघि नियन्त्रणमा लिएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिइएको थियो ।
उनीहरुलाई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाएर छानविन गर्न हाललाई निलम्बन गरिएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए । निलम्बनमा पर्नेहरुमा ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्ष्मण कुमार महतो छन्।
निलम्बित प्रहरी कर्मचारीमाथि छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ ।
घुस लिएको भन्दै चार जना प्रहरीलाई निलम्बन
घुस लिएको भन्दै चार जना प्रहरीलाई निलम्बन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















