काठमाडौं। मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन्।
फाइनलमा २४ प्रतिस्पर्धिलाई उछिन्दै काठमाडौंकी २३ वर्षीया प्रधानले मिस नेपाल वर्ल्ड–२०२३ उपाधि उचालेकी हुन्। मिस नेपालको आयोजक ‘द हिडन ट्रेजर’ हो।





















