काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहित एमालेका शीर्ष नेताहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेकपा एकीकृत समाजवादीपार्टी निकट अनेरास्ववियूको बागमती प्रदेश कमिटी संयोजक दिपक बुढाथोकीले उजुरी हालेका हुन् ।
झापाको गिरिबन्धु टि स्टेट जग्गा प्रकरण, कोरोना खोप आयातको कमिसन र नेपाल भ्रमण वर्ष सचिवालयमा अरबौं अनियमितता भएको उजुरीमा उल्लेख छ।

एमाले अध्यक्ष केपी ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई नेताहरु भानुभक्त ढकाल, पद्मा अर्याल लगायतमाथि छानविन गरि कारवाही गर्न माग गरिएको छ ।
सबै भ्रष्टाचार काण्डहरुको नेतृत्व प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेको आरोप छ। उप्रधानमन्त्री पोखरेल, पर्यटन मन्त्री भट्टराई, स्वास्थ्य मन्त्री ढकाल र भूमि व्यवस्था मन्त्रीका रुपमा अर्यालको प्रत्यक्ष संलग्नता रहेको उजुरीमा जिकिर छ।
ओलीसहितका एमाले नेताहरु विरुद्ध अख्तियारमा उजुरी हाल्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितको टोली टंगाल पुगेको थियो।






















