काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल उनी सम्पर्क विहीन छन् ।
प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।





















