काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ।
शुक्रबार वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक सांसदले जानकारी दिए।
सोमबारको निर्णयअनुसार शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बसेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सभापति लामिछानेको पटक पटकको वार्ता सकारात्मक दिशातिर अघि नबढेपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रचनात्मक काम गर्नको लागि प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।





















