काठमाडौं। नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्री धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।
बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्। मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए।





















