काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई बधाई दिएका छन् ।
प्रधानमन्त्री दाहालले खेलाडीको योगदान प्रति उच्च सम्मान सहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री खेलाडीहरुलाई शुभकामना दिँदै भनेका छन्, ‘एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मान सहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन बमोजिम उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीहरुलाई हौसला बढाउन खेल मैदान पुगेका थिए। साथै, जितपश्चात् उनले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुहुँदै जितको खुसी साटेका थिए ।





















