चितवन । पूर्वी माडीको कृष्णनगरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।
माडी नगरपालिका – ९ स्थित कृष्णनगर माध्यमिक विद्यालयको पोखरी छेउमा बाघको आक्रमणबाट धादिङ गजुरी घर भई माडीमा अस्थायी बसोबासी रहेका अन्दाजी ६० वर्षीय वीर बहादुर बल घाइते भएका हुन् ।
शुक्रबार दिउँसो गोरु र भैंसी चराउन गएका उनलाई बाघले आक्रमण गरेको हो । बाघ संग लडेर बाँच्न सफल उनको छाती र पाखुरामा चोट लागेको छ ।





















