चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू चितवनका बालबालिकादेखि वृद्धसम्मको प्यारो नेता हुने मन रहेको बताएका छन्।
चितवन २ बाट निर्वाचित भएपछि विजय र्यालीमा आज बोल्दै लामिछानेले भोट हाल्ने नहाल्ने दुबैलाई समान व्यवहार गर्ने बताएका हुन्।
‘पाँच वर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्वमा सरकार बनाउनेछौँ,’ उनले भने, ‘नेतृत्व सक्षम भएन भने हटाएर घण्टी बजाउनेछ। तपाईँ आँट गर्नुहोस्, घण्टी हामीसँग छ बजाउँदै अघि बढ्नुहोला।’





















