काठमाडौँ । वैशाख १० गते देशका ३ वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ ।
आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा मतदान हुँदैछ । उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र लगायतका निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
नमुना मतपत्रमा राजनीतिक दलले संसदमा पाएको स्थानमा आधारमा क्रमशः चुनाव चिन्ह राखिएको छ । यो उपनिर्वाचनको मतपत्रमा माओवादी केन्द्रको भने चुनाव चिन्ह रहेको छैन । गठबन्धन दललाई माओवादीले सघाएर उम्मेदवारी नदिएका कारण ३ क्षेत्रको उपनिर्वाचनको मतपत्रमा माओवादीको उपस्थिति छैन ।
























