काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थापा मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे ।
आजको कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार पनि सहभागी थिए ।
कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापा भने बाहिरिएका हुन् ।





















