सिधा साधालाई फसाउने यहाँ अनेकौं छल बन्छ ।
ती भ्रष्टाचारी अपराधीहरुको सहरमा महल बन्छ ।।
यहाँ धानलाई कुटेर धान बनाउन खोज्छन फेरी ।
कति मूर्ख छन रु धानलाई कुट्दा त चामल बन्छ ।।
कसरी भनौं हण्डर ठक्कर खाएपछी दिनफिर्ला ।
अँहँ , त्यतिबेला त पिडितको नमिठो पल बन्छ ।।
हतियारले प्रहार गर्दा पनि मन कठोर हुने गर्थ्यो ।
तर, कसैको शब्दले प्रहारले आँखामा जल बन्छ ।।
समय चक्र भई घुमिरहन्छ एकदिन भाग्य फिर्ला ।
जसोगरी समुन्द्रको पानी बाफ बनेर बादल बन्छ ।।
गजलकार मिरा बराल
भरतपुर १२ चितवन





















