चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई बिहीबार निलम्बन गरेको छ । कृषि संकायका डिन दत्तले आफैले आयोजना गरेको जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।
अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछि उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बनको पत्र लेख्दै सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताएका छन् ।
जुम मिटिङ्ग चलिरहेकै बेला दत्तले एक महिलालाई तानेर काखमा राखेको तथा चुम्बन गरेको यौनजन्य क्रियाकलाप भिडियोमा बाहिरिएपछि दत्त निलम्बनमा परेका हुन् । दत्तले विश्वविद्यालयमा आर्थिक अनियमितता समेत गर्ने गरेको बताइन्छ ।





















