चितवन – पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् ।
सोमबार चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको छ,’ उनले भने, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” ‘राजनीतिक परिस्थितिको मूल्यांकन गरेर मात्र सरकारमा जाने कि नजाने भन्ने निर्णय हुन्छ’, उनले भने ।
उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए । उनले थपे, “अहिले सरकारमा जाने कि नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भइसकेको छैन । ”
उनले थपे, ‘रास्वपा छुट्टै परिचय बोकेर निर्माण गरिएको राजनीतिक दल हो,’ ‘हामीले राजनीतिक घटनाक्रम नियाल्दै गरेका छौँ, गुण र दोषका आधारमा पार्टीचित्र सल्लाह गरेर मात्र निर्णय लिन्छौँ ।’
आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको उल्लेख गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताए । आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिए ।





















