काठमाडौं / सरकारले नेपाल प्रहरीको दुई एआईजी पदमा डीआईजीहरु प्रद्युम्न कार्की र निरज शाहीलाई बढुवा गरेको छ।
गृहमन्त्रालयको बढुवा समितिको असार ३१ गते बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त दुई एआईजी पदमा सिनियर डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीको बढुवा गरेको हो।
उनीहरु वरिष्ठता र कार्यक्षमताका आधारमा स्वभाविक दाबेदार थिए। आइजीप शैलेश थापा क्षेत्रीकै अडान अनुसार उनीहरु वरिष्ठताका आधारमा एआइजीमा बढुवा भएका हुन्।





















