देशमा हरेक दशकमा नागरिकले एउटा अदभूत जोखिम देश निर्माणका खातिर सुव्यवस्थित राज्यका निम्ति एउटा नागरिक स्तरबाट सकारात्मक विस्फोट हुन्छ, त्यस्को ज्वलन्त उदाहरण हो २०५२ फाल्गुन १ गतेबाट सुरु भएको जनस्तरको युद्ध, जनयुद्ध । त्यस्कै जगमा उभिएको यो नयाँ सरकारमाथि नागरिकका अपेक्षित आशाहरु धेरै छन् ।
सरकार गठन भएको त्यति लामो समय त भएको छैन, त्यसकारण सरकारको बारेमा टिकाटिप्णी गर्नु अल्लि बढी हुन्छ । तर पनि यो सरकार एउटा छुट्टै उच्चतम बलिदानिको जगंमा ठडिएको कुरालाइ चाहिँ किमार्थ भुल्ने छुट छैन ।
यो मानेमा कि जुन बलिदानिले ब्यबस्था परिबर्तन भयो जुन ब्यबस्थाले हिजो राणा शासनदेखि दमित गरिएको बर्गको मुक्ति भयो र राज्यका हरेक तहमा त्यसको उपस्थितिको सुनिश्चितता गर्यो र नेपालीलाइ रैती, प्रजा, जनता बाट नागरिकको रुपमा स्थापित गर्ने यौटा मुक्तियामी जुन भिषण राज्य व्यवस्था विरुद्धको युद्ध भयो र त्यो बेबस्था भित्र धेरै बिचारका दलले प्रतिनिधित्व गरे कस्यैले पनि यो ब्यबस्था ल्याउन लडेकाहरु प्रती सकारात्मक सोच राख्न सकेन्न ।
ब्यबस्थाले दिएका अधिकार उपभोग गर्दै नेपाल आमाका छोरा छोरी रास्ट्रपति, प्रधानमन्त्री एवं यसैगरी राज्यका विभिन्न सेवा सुबिधा प्रयोग गरिनै रहे तर अलिकति पनि लाजनमानी यो परिबर्तनका बाहकप्रति हत्याराको आरोप लगाइरहेको अवस्था एकातिर छ भने, कानुनी रुपमा यी आरोपहरुको अन्त्य गरि दसबर्षे जनयुद्धको बेला लगाइएको झुठो मुद्वाहरु एक मुष्ठ खारेज गरि यो राज्यको हरेक निकायमा स्वच्छतापूर्वक प्रतिस्पर्धा र स्थापित हुन पाउनुपर्छ ।
यो गर्न सकेको खण्डमा सहिद, बेपत्ता, घाइते, एवं त्यस अबधिमा राज्यले लगाएका झुट्टा मुद्धा खेपिरहेका परिवारले दर्हो गरि हाम्रा निम्ति राज्यले अभिभावकको भुमिका निर्वाह गरेको अनुभूति गर्न पाउनु पर्छ । त्यसकारण यो सरकार सँग चुनौती पनि त्यतिनै छ । जस्को हल गर्नु र नागरिकको गाँस, बाँस र कपास भन्ने नारालाई सकारात्मक लिदै स्वास्थ, शिक्षा, सामाजिक सुरक्षाको प्रत्याभूति दिनु पहिलो दायित्व हो । खैर यी नागरिकस्तरबाट राखिएका अपेक्षा भए । यी नागरिकले अधिकारको प्रत्याभुत गर्न पाउनु पर्छ ।
देश भित्र युवाहरुको अभाव छ, जो एक पेट भर्नकै निम्ति परिवारको न्यानो स्पर्श छोडेर भोलिको रुग्ण शरीरलाई सुखी राख्ने कल्पना गरेर खाँडी एवं प्रदेशी भुमिमा जुन कठिन जीवनसँग पौठी जोरि खेलिरहेको छ, हो त्यो बर्गलाइ स्वदेश फिर्ता गरि यहि बाँच्ने आधार खडा गर्नु यो सरकारको दोस्रो कर्तव्य हो । तेस्रो यो देशमा असुरक्षा देखि पलायन भएको बौद्धिक बर्ग जो यो रास्ट्रको सर्वाङ्गिण विकासको लागि अति आबस्यक छ ।
जुन बौद्धिकहरुसँग राज्यकोे अपेक्षा हो । चोथोे राज्यले महत्वपूर्ण रुपमा अध्ययन गरि कृषिमा आकर्षित युवाहरुको एकल वा सामुहिक व्यावसायिक सुरक्षाको ग्यारेन्टी गरि यो पेसा प्रतिको बाधक बिचौलिया प्रवृत्तिलाई समुल नस्ट गरि किसानबाट उत्पाधित दैनिक उपभोग्य तरकारी एव फलफुलको राज्यलेनै खरिद गरि किसानको पेसा प्रतिको सुनिश्चितता गर्न सकेको खण्डमा, सुखी नेपाली समृद्व नेपालको लक्ष्य साकार हुने कुरामा दुई मत छैन । यिनका अलवा राज्यले कुनै पेसामा नजोडिरहेका युवा वर्गको लागि पनि सकारात्मक उर्जा पैदा हुन सक्छ ।
यो सरकारको चुनौती र अबसर हो । साथै अहिलेको सरकारको लक्ष्य नागरिकको सेवा र ब्यबस्थापन नै मुख्य हो । यति भन्दै गर्दा राज्यले दिने सेवा सुबिधाबाट कोहि नागरिक पनि बिमुख नहुने गरि जनमुखी हुने सल्लाह नागरिकको छ । साधारण मानिसले जिवनको जुन दिन सुखान्त अनुभुति गर्न पाउँछन त्यस दिनमात्र राज्य सफल हुन्छ । देशको नयाँ नेतृत्व तब मात्र दर्ज हुन्छ कि, उसले नागरिकप्रति दिने दैनिक सेवा प्रवाह कतिको बैज्ञानिक छ ।
लावान्बित कति संख्या भए र हिजो भन्दा आजको नागरिकको आर्थिक उपार्जनका दिगो स्रोत कत्तिको स्थापना गर्न सकियो त्यसलाई मध्य नजर गर्नुपर्दछ । देसको दुरदराजमा आधारभूत आवश्यकता पूरा गर्न सकेको खण्डमा मात्र परिवर्तनको बाहक शक्तिको रुपमा आम मानिसमा स्थापित हुन सक्छ ।
त्यसकारण यी समुल प्रश्नको हल गरि नागरिकप्रति जवाफदेही हुनुपर्छ । अहिलेको नयाँ सरकारको मुल कार्यभार यहि हो र अपेक्षा पनि यहि हो ।





















