काठमाडौं / सरकारी प्रसारण माध्यम रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसी नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खुला प्रतिस्पर्धा मार्फत गरिएको छनौटमा केसीलाई रेडियो नेपालको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो।
रेडियो नेपालको इतिहासमा पछिल्लो काल खण्डमा पहिलो पटक त्यहिँ कार्यरत कर्मचारीबाट कार्यकारी निर्देशक छानिएको हो।
केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशकको भूमिकामा थिए।





















