चितवन / चितवन राष्ट्रिय निकुञ्जले चेपाङ समुदायमा ज्याजति गरेको भन्दै चितवनमा वनमन्त्री शक्ति बस्नेतको राजीनामा माग्दै प्रदर्शनमा उत्रिका छन् ।
‘हाम्रो नेपाल, हामी नेपाली’ संस्था र चेपाङ समुदायले आज पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भण्डारा चोकमा प्रदर्शन गरेको छन् । प्रदर्शनमा युवाहरुले राप्ती नगरपालिकामा सेनाको कुटाइबाट मृत्यु भएका ‘राजकुमार चेपाङको समेत हत्यारालाई कारबाही गर’ नत्र वन मन्त्री बस्नेतको राजीनामा माग गरेका छन्।
सोहि क्रममा आधाघण्टा चक्काजाम गरिएको थियो । उनिहरुले बनमन्त्रीले दिएको अभिव्यक्तिको समेत चर्को विरोध गरेका थिए ।गत साउन १ गते राप्ती नदी आसपास क्षेत्रमा घोँगी टिप्न गएका राजकुमारलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले नियन्त्रणमा लिएर कुटपिट गरी छाडेको र त्यसको केही दिनमै मृत्यु भएको उनिहरुकाे दाबी परिवार गरेका छन् ।
चितवनको राप्ती नगरपालिका–२ का घरभएका राजकुमारको साउन ८ गते उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । राजकुमारका बाबु विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गर्दै लास नबुझ्ने अडान लिँदै आएका हुन्।
सेनाले कुटेर घर आएपछि राजकुमार बिरामी भएको र मृत्युका कारण सेनाको कुटाइ नै भएको बाबु विष्णुलाले बताए ।
सेनाले भने कुटपिटबाट मृत्यु भएको भन्ने परिवारको दाबीलाई इन्कार गर्दै आएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि शव पोष्टमार्टम गर्न परिवारका सदस्यहरु सहमत भएका थिए ।
वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको जागिर गरि सहमति भएको परिवारजनको भनाइ छ ।





















