चितवन – भरतपुर महानगरपालिका वडा न. ११ को आधिकारीक क्लब अग्रसर बाल क्लब को अध्यक्षमा कोलटाँडी टोल विकास संस्थाको एलिजा सिग्देल चयन भएकी छिन् ।
त्यस्तै उपाध्यक्षमा सामना टोल विकास संस्थाको सुबास शर्मा , सचिवमा पोखरी टोल विकास संस्थाको शिलु रेग्मी , कोषाध्यक्षमा पारिजात टोल विकास संस्थाको आख्यान तिवारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा जनजागृति टोल विकास संस्थाको प्रसन्न देव वाग्ले , सिद्धिविनायक टोल विकास संस्थाको सुप्र्रज ढकाल , नयाँकिरण टोल विकास संस्थाको दिव्या सुवेदी , बसेनी टोल विकास संस्थाको आशिमा घिमिरे , दिपज्योति टोल विकास संस्थाको सन्ध्या खनाल , मृगकुञ्ज टोल विकास संस्थाको बिपुल रेग्मी ,मुक्तिनगर टोल विकास संस्थाको शौर्य अधिकारी , दरबार चोक टोल विकास संस्थाको आयुष लामिछाने , कमलामन्दिर टोल विकास संस्थाको खुसी दुलाल चयन भएका छन् ।

आज (मङ्गलबार ) अग्रसर बाल क्लब समितिको पोखरी टोलमा रहेको सामुदायीक भवनमा एक कार्यक्रम गरि पुनर्गठन भएको थियो । भरतपुर महानगरपालिका वडा न ११ मा रहेको २९ वटा टोल मध्ये हरेक टोलको १६ वर्ष उमेर भन्दा तलका एक जना बालक र एक जना बालिका उपस्थिति भएर कार्यक्रम भएको थियो ।
अग्रसर बाल क्लव को अध्यक्ष आदर्श तिवारीकोे अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर वडा न. ११ कोे कार्यवाहक वडाका अध्यक्ष सीता रनपाल प्रमुख अतिथि रहनुभएको थियो ।
त्यस्तै विशिष्ठ अतिथिमा भरतपुर वडा न ११ कोे सचिव ओमप्रकाश न्यौपाने , अतिथिमा महानगर बाल सञ्जाल सदस्य सिजन लामिछाने रहनुभएको थियो ।
त्यस्तै प्रशिक्षकमा कोलटाँडी टोल विकास संस्थाका अध्यक्ष सामाजिक– प्राज्ञिक व्यत्तित्व प्रदीप सापकोटा रहनुभएको थियो ।
बालबालिकालाई अनलाइन सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम र कार्यसमिति पुनर्गठन कार्यक्रम गरि २ सत्रमा
कार्यक्रम सञ्चालन भएको थियो ।






















