काठमाडौं। सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय घोषणा गरेको छ।
क्यानले बिहीबार पूर्वकप्तान सन्दीपलाई समेट्दै १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पहिलोपटक सूर्य तामाङ पनि परेका छन्।
सन्दीपमाथि गत भदौमा नाबालिग भनिएकी एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्। असोजमा पक्राउ परेपछि सन्दीप हिरासतहुँदै पुर्पक्षका लागि थुनामा परेका थिए।
गत पुस २९ मा उनी २० लाख भरौटीमा रिहा भएका थिए। त्यसयता पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन्।
टोलीको कप्तान रोहित पौडेल छन्। नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।
नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनस् खेल्नेछ ।
नेपाली टोली-
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ .





















