चितवन – आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङद्वारा निर्देशित मल्टीस्टार नेपाली कथानक चलचित्र ‘फूलबारी’ले देशका ७ प्रमुख शहरमा प्रमोसन अभियान सुरु गरेको छ ।
गत शुक्रबारदेखि बुटवलबाट आफ्नो मोफसल यात्रा सुरु गरेको चलचित्र ‘फूलबारी’को टोलीले मङ्गलवार चितवनमा पत्रकार भेटघाटको आयोजना गरेर चलचित्रको बारेमा जानकारी गराईएको हो ।
पत्रकार भेटघाटमा चलचित्रका कार्यकारी निर्माता मनिराम पोखरेलले २ पुस्तामा देखिएको दुरीले पार्ने प्रभावको कथालाई चलचित्रमा प्रस्तुत गरिएका बताउनु भयो ।
चलचित्रकोे सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफू र आफ्नो टिम निकै आशावादी भएकोे निर्देशक पोखरेलले सुनाउनु भयो ।
पत्रकार भेटघाटमा बोल्दै कलाकार एवं चलचित्रका मुख्य कलाकार विपिन कार्कीले चलचित्रमा आफ्नो भूमिका सुरु बाट अन्तिम सम्म भएको र कथा बस्तु मन परेर मिहिनेतका साथ अभिनय गरेकोको बताउदै कार्कीले एक पटक सबैलाई चलचित्र हेर्न अनुरोध गर्नु भयो ।
यस्तै नायिका प्रियंका कार्कीले परिवारभित्रका तितामिठा घटनाहरु समेटेर फूलबारी बनेकाले फिल्म हेर्दा आफ्नै कथा जस्तो लाग्ने बताउनु भयो ।
चलचित्रको टिमले कलेज क्याम्पियन, पब्लिक इभेन्ट, मिट एण्ड ग्रिट जस्ता कार्यक्रमहरुको आयोजना समेत गरेको छ । मोफसल टुरमा चलचित्रका निर्देशक रामबाबु गुरुङ मुख्य कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगीतकार तथा गीतकार कालिप्रसाद बाँस्कोटा मोफसल टुरमा रहनु भएको छ ।
चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यशोदा फिल्म्सको ब्यानरबाट निर्माण भएको चलचित्रको कथा कमल किशोर मलपानीले लेख्नु भएको छ भने पटकथा÷संवाद उपेन्द्र सुब्बाले लेख्नु भएको छ । मनिष ढकाल चलचित्रको निर्माता रहनु भएको छ भने मणिराम पोखरेल कार्यकारी निर्माता रहनु भएको छ ।कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको चलचित्रमा जोश हेरुमको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
शुक्रबार बुटवलबाट सुरु गरिएको चलचित्रको प्रमोशन यात्रा माघको २१ गतेसम्म देशका प्रमुख ७ शहरमा हुने चलचित्रका कार्यकारी निर्माता मनिराम पोखरेलले बताए ।





















