काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा ३ सदस्य नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले सुशिल ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
यस अघि ज्ञवालीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका थिए। शाक्य पूर्वराजदूत हुन् भने महतले कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहमा रहेर काम गरेका थिए।
यस अघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ। मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ।





















