चितवन – चितवन क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका युवा नेता अविरल पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन ।
चितवन २ बाट निर्वाचन जितेर गृहमन्त्री समेत भएका रवि लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता प्रकरणमा गैरनागरिक घोषणा गरेसँगै उनको सांसद पद पनि खारेज भएको छ ।
यस सँगै चितवन २ मा उपनिर्वाचन हुने पक्का भएको छ । सो उपनिर्वाचनमा युवा नेता अविरल पोख्रेलले सामाजिक सन्जाल फेसबुकबाट उम्मेदवारी घोषणा गरेका हुन ।

शनिबार, माघ १४, २०७९
प्रकाशित





















