भरतपुर – भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित ठिमुरा आधारभूत विद्यालयमा सरस्वतीको मूर्ति सहितको मन्दिर अनावरण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय समाजसेवी शुक्रकुमार श्रेष्ठको एकल प्रयासमा तीन लाखको मूर्ति सहितको मन्दिर निर्माण गरी हस्तान्तरण गरिएलको हो ।आज श्रीपञ्चमको अवसर पारी आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथका रुपमा रहेका दाता श्रेष्ठले आफ्नो सानो प्रयासले विद्यार्थीहरुलाई विद्याकी देवी सरस्वतीको वंदना गर्ने वातावरण बनेकोमा खुशी लागेको बताउनु भएको थियो।।
कार्यक्रममा विशिष्ट अतिथि कमला श्रेष्ठ, पूर्व वि ब्य स अध्यक्ष गोपाल प्रजा वडा सदस्य राजु गुरुङ,रमा परियार सल्लाहकार संयोजक टिकादत्त भट्टराई सल्लाहकार कृष्ण बहादुर थापा धनबहादुर जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा लेखा समिति संयोजक पुष्पराज मरहट्टाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक ज्योतिनारायण ढकालले सहयोगी सम्पूर्णलाई आभार सहित मन्तव्य मार्फत धन्यवाद प्रकट गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक नवीन रेग्मीले गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल प्रजाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका विद्यार्थी,पूर्व विद्यार्थी, स्थानीय अभिभावक लगायतको बाक्लो उपस्थिति रहेको थियो।





















