रत्ननगर – प्रतिनिधि सभा सांसद कल्पना मिँयाले रत्ननगरका मुश्लिम, थारु तथा विपन्न समुदायका बालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेकी छन् ।
माओवादी केन्द्रबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी उनले पहिलो महिनाको तबलबाट रत्ननगरका ९१ जना बालवालिकालाई न्यानो कपडा वितरण गरेकी हुन । नेकपा माओवादी केन्द्र रत्ननगरले शनिवार एक कार्यक्रमको आयोजना गरी शनिवार बालवालिकालाई कपडा वितरण गरेको छ ।
नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष संगिता भट्टराई, प्रदेश कमिटीका सचिवालय सदस्य राजु अम्गाई,प्रदेश कमिटी सदस्य लक्ष्मी नेपाली,नगर कमिटी अध्यक्ष श्याम बरालले सयुक्त रुपमा बालवालिकालाई कपडा हस्तान्तरण गरेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी प्रदेश कमिटी कोषाध्यक्ष भट्टराईले सांसद कल्पना मिँयाले पहिलो महिनाको तलबबाट विपन्न बर्गका वालवालिकालाई गरेको सहयोग उदाहरणीय रहेको बताइन । उनले गरिव र दुखी माथी सासन गर्ने कामको अन्त्य नभइनसकेको भन्दै धनी र गरिब बीचको असमानता हटाउने आन्दोलन जारी रहेको बताइन ।
कार्यक्रममा पुर्वी चितवन पत्रकार मन्चका अध्यक्ष होमनाथ सापकोटा,आरुषी खवरका प्रबन्ध निर्देशक सन्तोष बस्ताकोटी, चितवन प्रेस डट कमका कार्यकारी निर्देशक बिलबहादुर अधिकारी आर्थीक सन्देशका अध्यक्ष कमल ढकाल,किरण कुँवर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नगर कमिटी अध्यक्ष श्याम बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।





















