चितवन – चितवनको भरतपुर – ११, स्थित कमलादेवी मन्दिर टोल विकास संस्थाको नबिन बाबु मरहट्टाको अध्यक्षमा ११ जना सदस्यीय सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा खड्क बहादुर लिम्बु ,अशोक राई , सचिवमा राजु परियार , कोषाध्यक्षमा रेनुका पौडेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा टोपनाथ सिलवाल , महेन्द्र गुरुङ्ग , गीता केसी , हिरा परियार , रोनिसा फेवाली , पुजन गोदार चयन भएका छन् ।

निर्वाचन मण्डलको संयोजकमा टिकाराम अधिकारी सदस्यमा प्रेम किशोरी बस्नेत र कला पोखरेल ले सम्पूर्ण कार्यसमिति सर्वसम्मत बनाउन सफल हुनु भएकोमा निर्वतमान सचिव पशुराम बस्नेतले धन्यबाद व्यक्त गर्नुभएको थियो ।

























