काठमाडौं / नेपालमा आइतबार १ सय ३० जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ ।
देशका विभिन्न स्थानमा रहेका २८ वटा प्रयोगशालामा परीक्षण गर्दा आज १ सय ३० जनामा कोरोना पोजिटिभ देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।
जसमध्ये अब ५ हजार ४ सय ४० जना मात्र संक्रमण मुक्त हुन बाँकी छन् ।आइतबार ७५ जना डिस्चार्ज भएका छन् । क्वारेन्टिनमा १७,९०३ छन् । यो सँगै कोरोनाबाट मुक्त हुनेको संख्या १३ हजार १ सय २८ रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
कोरनाको संक्रमणबाट हालसम्म ४५ जनाको मृत्यु भएको छ ।





















