काठमाडौं / नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले जनताको जनवाद बाहेक अरु कुरा गर्नु नेकपाका नेताकार्यकर्ताका लागि अनुशासन हिनता र एकता बिरोधी हर्कत हो भन्दै बिरोध जनाएका छन् ।
पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञावली लगायत प्रदेश कमिटीका सचिव आनन्द पोखरेल समेतको सहभागितामा पार्टीको आधिकारिक नीति भन्दा जबजको नाममा एकता विरोधी गतिविधि हुन् थालेपछि प्रदेश अध्यक्ष दाहालले सामाजिक संजाल मार्फत विरोध गरेका हुन् ।
दाहाल पार्टी भित्र निकै नम्र तथा वैचारिक नेताको रूपमा स्थापित दाहाल अध्यक्ष प्रचण्डको विश्वासिलो व्यक्ति भएकोले प्रदेश अध्यक्ष दाहालको अभिव्यक्तिलाई विषेश रूपमा हेरिनुपर्ने प्रदेश कमिटीका एक सचिवालय सदस्यले बताए ।
![]()





















