काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गृहमन्त्री रवि लामिछानेको नागरिकताको विषयमा छानबिन गर्न आवश्यक नरहेको जनाएको छ।
लामिछानेको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि लिखित जवाफ पेश गर्दै प्रशासनले रिट निवेदकहरुलाई उनको नागरिकतामाथि प्रश्न उठाउने हक नभएको जिकिर गरेको छ।
र प्रशासनले यो मुद्दा खारेजी हुनुपर्छ भन्ने तर्क अघि सारेको हो। चुनावमा उठेका रविका प्रतिस्पर्धी उम्मेदवार बाहेक अरु कुनै ब्यक्तीले मुद्दा हाल्न अनुचित रहेको प्रशासनको भनाई छ।
अमेरिकाको नागरिकता लिएका लामिछानेको नेपाली नागरिकता खारेज भएको र नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएकोले सांसद पद खारेज हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको हो।





















