चितवन। होटल व्यवसायी महासंघ नेपालको १० औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
आइतबार चितवनको नारायणगढमा भएको पत्रकार सम्मेलनमा “पुस १९ र २० गते भरतपुरको धावन रिक्रियसनमा सम्मेलन गर्ने,” होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले जानकारी गराएका हुन् ।
चितवनको होटेल व्यवसायलाई पर्यटन क्षेत्रबाट चलयमान हुने संघले आशा गरेको छ । सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै करिब ७०० प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता हुने र सम्मेलनको दोस्रो दिन प्रतिनिधि र पर्यवेक्षकका लागि भरतपुर महानगरपालिकाभित्र निःशुल्क सवारीसाधन सञ्चालन गरिने व्यवस्था मिलाएको संघले जनाएको छ ।
कोरोना तथा आर्थिक मन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले बताए । ‘नारायणगढ बजारमा पनि अधिकांश सटरहरु अहिले बन्द भएको”,दिनेश कुमार चुकेले कार्यक्रममा भने। व्यवसायमा पूरै मन्दी आएको र सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रममा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुती र कार्यशालाहरु पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए । भने,पर्यटनसम्बन्धी विभिन्न प्रस्तुती र कार्यशालाहरु पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए । ‘राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमान हुने चुकेले भने ।’ विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी संघको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो ।
यसपटक हुने चौथो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा उद्घाटन अघि भरतपुरको चौबिस कोठीबाट उद्घाटन स्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली गरिने जनाइएको छ। सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चितवनका होटल व्यवसायी दिनेशकुमार चुके अध्यक्षको मुख्य दाबेदार रहेका छन् ।





















