चितवन / वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका राजनैतिक सल्लाहकार जगन्नाथ (जेएन) थपलियाले अयोध्यापुरी क्षेत्रमा भव्य राम मन्दिर निर्माणको संकेत गर्नुभएको छ ।
थपलियाले रामको जन्मस्थानका रुपमा दावी गरिएको पूर्वी माडीको अयोध्यापुरी क्षेत्रको अवलोकन पश्चात माडीका सामाजिक अगुवाहरुसंग अन्तर संवाद गर्दै अयोध्याको झल्को दिने राम मन्दिर लगायतका संरचनाहरु बनाउने संकेत गर्नुभएको हो ।
यद्यपि यसको औपचारिक घोषणा भने मुख्यमन्त्री पौडेल आफैले केहि दिनपछि माडीमै आएर गर्नुहुने उहाँको भनाई थियो ।यसैबिच थपलियाले कुसुमखोलामा निकुञ्जद्वारा आगजनी तथा हात्ती लगाई घर भत्कीएकाहरुको परिवारसंग भेटघाट गरी राहत समेत वितरण गर्नुभएको छ ।
यसका साथै उहाँले माडीको कुसुमखोला, राइटोल, परुई किनार लगायतका स्थानहरुमा रहेका चेपाङ बस्तीको स्थलगत अनुगमन र हालैको बाढीबाट मृत्यु भएकाहरुको परिवारसंग समेत भेट गर्नुभएको थियो ।
![]()





















