काठमाडौं । नेपाली कांग्रेसकाे यही पुस ६ गते हुने संसदीय दलको नेताको उम्मेदवारले शुल्क तिर्नुपर्ने भएको छ । सोमबार संसोधित तालिका सार्वजानिक गर्दै कांग्रेसले उम्मेदवारले अनिवार्य शुल्क तिर्नुपर्ने जानकारी दिएकोे छ ।
नयाँ तालिकाअनुसार उम्मेदवारले दरखास्त दिँदा ५१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ । यसअघि शुल्कबारे जानकारी दिइएको थिएन । अन्य कार्यक्रम भने यथावत रहेको छ ।
मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ ।
आइतबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।
कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापालगायतले आकांक्षा देखाएका छन् ।
यस्तो छ संशोधित तालिकाः






















