काठमाडौं / सीमामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवानमाथि भारतीय समूहले आक्रमण गरेको छ।
रौतहट स्थित सरमझुवा स्थित बोर्डर आउट पोस्ट (बीओपी)को टोलीमाथि भारतीय नागरिकको समूहले हँसिया प्रहरा गर्दा एक प्रहरी जवान घाइते भएका छन्।
नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो।
भारतीय महिलाले हँसिया प्रहार गर्दा सशस्त्र प्रहरीका एक जना जवानको हाट काटिएको छ। घटनापछि सीमा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो। भारतीय समूहले सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास समेत गरेका थिए।
परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल छिर्न नदिएको भन्दै भारतीय समूहले आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेका थिए ।





















